पिटी मार्फत विद्यार्थीको सन्देश राष्ट्रियता जोगाऔं,सामाजिक विभेद तोडौं

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. २ मा रहेको जनता मावि कोठथाप्लामा अध्ययनरत विद्यार्थीहरुले पिटी मार्फत राष्ट्रियताको रक्षा गर्न सन्देश दिएका छन् । पिटीमा देखाईएका ¥याममा सामाजिक विभेद अन्त्य गर्ने, श्रमको उचित मूल्याङ्कन गर्न अतिथी र अभिभावकलाई आग्रह गरिएको छ ।

विद्यालयको वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुले जनचेतनामुलक सन्देशहरु समेत दिएका छन् । समाजमा कुरितीको रुपमा रहेको बालविवाह र बालबिवाहले पारेको प्रभावका बारेमा नाटक मार्फत चेतना फैलाएका छन् ।
विद्यार्थीलाई विद्यालयले जस्तो वातावरण सृजना गरायो सोही अनुसार विद्यार्थीहरु सक्रिय हुन सक्ने गतिलो उदाहरणका रुपमा विद्यार्थीहरुले कौशलता प्रर्दशन गरेको भन्दै अभिभावकहरुले विद्यालयका शिक्षक, व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् ।


समन्वय प्रमुख नवराज शाही, नगर प्रमुख लोमन शर्मा उपप्रमुख तप्ता थापा लगायतले जनता माविलाई प्राविधिक विद्यालयका रुपमा विकास गर्ने र अन्य भौतिक पूर्वाधार लगायतका सहयोग गर्ने वचन दिएका छन् । वडा नं. २ का वडा अध्यक्ष रेशम थापाले वडामा रहेका तीनवटा विद्यालयमा एउटै प्रकृतिको डे«स प्रदान गरिएको, विद्यार्थीहरुलाई दिवा खाजा प्रदान गरिएको, सरकारी विद्यालयमा निजी विद्यालयकै शैलीमा पढाई सञ्चालन गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाले विद्यालय स्थापना देखि हालसम्म सहयोग गर्ने सबै निकाय र व्यक्तिलाई धन्यबाद दिदै बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालयमा अभिभावकहरुले चासो र चिन्ता बढाउन सके निजी विद्यालयलसँग प्रतिश्पर्धा गर्न जनता मावि सक्षम रहेको जानकारी दिएका छन् ।

विद्यालयका प्राधानाध्यापक रोशन सापकोटाले एसइइलाई लक्षित गरी विद्यालयले अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेको र यस अघिको नजिता राम्रो भएको बताएका छन् । विद्यालयमा देखिएको बौचालय, खेल मैदान र घेरवारको समस्या समाधान भए अँझै प्रभावकारी हुने बताएका छन् ।

नगर शिक्षा अधिकृत पूर्णप्रसाद उपाध्यायले बिद्यालयमा प्रभावकारी काम भएको प्रति खुसी व्यक्त गर्दै, भविष्यका कर्णाधार मानिएका विद्यार्थीहरुको शिक्षण सिकाईमा नगरपालिका भित्र रहेका ३९ विद्यालय मध्ये प्रभावकारी काम गरेको बताएका छन् ।

विद्यालयको अभिभावक भेलामा अम्मरबहादुर कार्की, प्रेमबहादुर थापा, बिरबहादुर भण्डारी लगायतले विद्यालयको शैक्षिक स्तर सुधारमा देखिएका सकारात्मक पक्षहरुलाई अँझै प्रभावकारी बनाउँदै विद्यार्थीहरुले दिएको राष्ट्रियताको सन्देशको मर्मलाई सवै अभिभावकले बुझेर थप प्रभावकारी काम गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार